कृषिप्रदेश ४समाचार

फिनाममा कफी खेती सम्बन्धी तालिम

गोरखा नगरपालिका–४ फिनाममा कृषकहरुलाई कफि खेति सम्बन्धी तालिम दिइएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा फिनामका झण्डै ३० जना कृषकहरुलाई एक दिने तालिम दिइएको हो ।

वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरप्रमख राजनराज पन्तले वडा नम्बर ४ लाई कफीको पकेट क्षेत्रमा रुपमा विकास गर्न चाहेको बताए ।

‘यो वडामा कफीको प्रचुर सम्भावना छ भन्ने अध्ययनले देखाएको छ’ उनले भने ‘आर्थिक आय, स्वरोजगारसँगै पर्यटन प्रवद्र्धनमा समेत यसले टेवा पु¥याउँछ भन्ने हाम्रो विश्वास हो ।’ खेती गर्न इच्छुकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए । तालिमको सहजीकरण बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले गरेका थिए ।

the authoradmin

Leave a Reply