कृषिप्रदेश ४समाचारसमाज

माछापालकलाई जाल उपहार

गोरखा नगरपालिका–५ बोहोराबेंशीका माछा पालकलाई वडा कार्यालयले जाल वितरण गरेको छ ।

करिब ६ बर्षअघिदेखि माछा पालन गर्दै आएको बोहोराबेंशी माछापालन समुहलाई वडा कार्यालयको बजेटबाट ३२ मिटर र २५ मिटरका गरी २ थान जाली र पानी तान्ने मोटर दिएको हो ।

वडाध्यक्ष रामकुमार थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले समुहलाई जाल र मोटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले कृषकका माग अनुसार नगरपालिकाले कार्ययोजना निर्माण गरी अघि बढेको जानकारी दिए । ‘हामी कृषकलाई प्रोत्साहन गर्न चाहान्छौ, उहाँहरुको कामको सम्मान गर्छौ’ पन्तले भने ‘काम गरेर आत्मनिर्भर बन्न चाहानेको साथमा नगरपालिका छ अघि बढ्नुस, के आवश्यक छ माग्नुस हामी सकेको सहयाग गर्छौ ।’

the authoradmin

Leave a Reply