Wednesday, May 13

पौडेलले राष्ट्रपतिको उम्मेदवार आजै १ बजे दर्ता गर्ने तयारी

नेपालअखबार,  काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

Advertisement

यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ।