समाचारस्वास्थ्य

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

सरकारले नोवेल कोरोना भाइरस संक्रमणको परीक्षण नेपालमै गर्ने तयारी थालेको छ। कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ।

कोरोना भाइरस लागेको आशंका गरिएका बिरामीहरुको ल्याब परीक्षण नेपालमै हुने व्यवस्था गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। शंकास्पद व्यक्तिको उपचार सरकारले निःशुल्क गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए।

‘शंकास्पदहरुको ल्याब परीक्षण एकहप्ताभित्र नेपालमै हुनेगरी तयारी थालेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक उपकरण दिल्ली लगायतका ठाउँबाट मगाएका छौं। ल्याब परीक्षण तथा उपचार सरकारले निःशुल्क गर्ने तयारी गरेको छ।’

पुस २८ गते ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका एक बिरामीमा कोरोना भाइरस लागेको आशंकामा परीक्षणका लागि नमुना हङकङ पठाइएको थियो। परीक्षणपश्चात स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर चीनको वुहानबाट फर्किएका ती विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो।

the authoradmin

Leave a Reply