अर्थप्रदेश ४समाचारहाइलाइट-समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया

गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ ।

गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियाजनाको समन्वयमा सदरमुकाममा दुईदिने अन्तरकृया भएको हो ।

कार्यक्रममा गोरखा नगरपालिका लगायत बिभिन्न स्थानीय तहका ब्यवसायी तथा बैंक, वित्तिय क्षेत्रका गरी झण्डै ३० जनाको सहभागिता रहेको थियो ।

उत्पादन तथा सेवामुलक ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा ब्यवसायिक विकास, सुदृढिकरण, स्थायित्व, योजना निर्माणका बारे छलफल भएको थियो ।

त्यस्तै ब्यवसायमा नयाँपन, नयाँ शैली, लगानीको अवस्था, बजार र ग्राहकको विश्लेषण तथा चुनौती लगायतका बारेमा सरोकारवालाहरुबिच अन्तरकृया भएको हो ।

त्यस्तै कार्यक्रममा बैंक र ब्यवसायीबिच समन्वयको चुनौती, ऋण लगानी र समान बुझाई निर्माणका बिषयहरुमा समेत छलफल भएको बताइएको छ ।

दुई दिने अन्तरकृया कार्यक्रमको बिहिबार समापन गरिएको हो । गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख दिनेश पौडेल, प्रशिक्षक नारायण सिलवाल, अमिर लामा, पूर्णिमा परियोजनाका चक्रपाणी तिमिल्सिना लगायत सहभागीका तर्फबाट सावित्रा पुलामी, भिमसेन पुडासैनीले बोलेका थिए ।

the authoradmin

Leave a Reply