Saturday, May 23

महासचिव घनश्याम भुसालद्वारा पदबहाल ग्रहण

नेपालअखबार, काठमाडौं ।नेकपा एकीकृत समाजवादीका नवनियुक्त महासचिव घनश्याम भुसालले आज पद बहाली गर्नु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा सोमबार आयोतित कार्यक्रममा नवनियुक्र महासचिव भुसालले  पद बहाली गर्नु भएको हो । उहाँलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाल उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधर ,उपमहासचिव डा. विजय पौडेलसहितका नेताहरुले खादा मालाले स्वागत गर्दै पद बहाली गराउनु भएको हो ।

महासचिवको पद बहाली पछि बोल्दै नवनियुक्त महासचिव भुसालले पार्टी भित्र नीति र थिति विधि र प्रणालीलाई व्यवस्थित गर्दै कम्युनिष्ट आन्दोलनमा देखिएका निरासाहरुलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

Advertisement

भुसाललाई आइतबार वसेको पार्टीको ५३ औं सचिवालयको बैठकले महासचिव बनाउने निर्णय गरेको थियो  । यस्तै बैठकले पार्टीका महासचिव डा. वेदुराम भुसाललाई उपाध्यक्षमा पदोन्नति गरेको छ भने पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरू घनेन्द्र वस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरेको  छ ।