Thursday, May 14

कृषि मन्त्रालयमा डा. बेदुरामको इन्ट्री, भौतिकमा ज्वाला

नेपालअखबार, काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले पद बहाली गरेका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री भुसालले पदबहाली गरेका हुन् ।

Advertisement

भुसाल पदवहालीका लागि मन्त्रालय पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि मन्त्रालय पुगेर पद बहाली गरेका छन् । भुसाल र ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् ।