Sunday, May 10

सुनको मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ

नेपालअखबार, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement