Wednesday, May 6

पुराना दलहरू सक्किने होइन सच्चिनको विकल्प छैन – अध्यक्ष नेपाल

नेपालअखबार, धनगढी  ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पुराना दलले सच्चिनुको विकल्प नरहेको बताउनु भएको छ ।

समाजवादी प्रेस सङ्गठनले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामपछि पुराना दलप्रति भइरहेको टिप्पणीको बारेमा भन्नुभयो  ‘पुराना दलले सक्किने होइन, सच्चिनु पर्छ । नयाँ दलले पनि घमण्ड गर्नु हुँदैन, देश र जनताका पक्षमा काम गर्नुपर्छ ।’

Advertisement

गठबन्धन दलमा कुनै समस्या नरहेको पनि नेता नेपालको भनाइ थियो  उहाँले भन्नुभयो , ‘गठबन्धनमा आपत आइलाग्यो भनेर मैले भनेको छैन, सानातिना समस्या छन्। छलफल गरेर समाधान हुन्छ र गठबन्धन अगाडि बढ्छ ।’
रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताउनु भयो ।

अध्यक्ष नेपालले  सुदूरपश्चिम प्रदेश सरकारले चाँडै पूर्णता पाउने विषयमा   गठबन्धन दलबीच छलफल भइरहेको चाँडै निकास निस्केर प्रदेश सरकारले पूर्णता पाउने बताउनु भयो ।