Uncategorizedविचारविदेशसमाचारहाइलाइट-समाचार

भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका र बेलायत स्थित रश्मोर बरो काउन्सिलबिच स्थापना भएको भगिनी सम्बन्धले भावनालाई उच्च बनाएको मेयर राजनराज पन्तले बताएका छन् ।

मंगलबार बेलायत स्थित लण्डन नेपाल न्यूजसंगको अन्तरवार्तामा पन्तले गोरखा र रश्मोरबिचको सम्बन्धले दुई देशबिचको भावनात्मक सम्बन्धलाई समेत उचाईमा पु¥याएको बताएका हुन् ।

देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये गोरखा नगरपालिकासंग रश्मोर बरो काउन्सिलले भगिनी सम्बन्धका लागि प्रस्ताव गर्नु गौरबको बिषय रहेको भन्दै मेयर पन्तले यो सम्बन्धले दुर्व पक्षबिचको भावना प्रगाढ बन्ने बताए ।

आधुनिक नेपाल निर्माणको जग गोरखासंग रश्मोर काउन्सिलले स्थापना गरेको भगिनी सम्बन्धले बेलायतमा बस्ने गोर्खाली लगायत सारा नेपालीकै शिर उच्च भएको उनले बताए ।

त्यस्तै संसारभर नेपाललाई गोरखा भनेर चिनिने भएकाले यो सम्बन्धले बेलायतमा नेपालीले गरेको योगदानको समेत सम्मान भएको उनको तर्क छ ।

साथै केहि दिनअघि केहि अनलाइन पोर्टल र सामाजिक सञ्जालमा ‘मेयर पन्त बेलायतमा हराए’ जस्ता समाचार भ्रमक रहेको उनले बताएका छन् ।

हेर्नुस अन्तरवार्ता ः
सौजन्य ः लण्डन नेपाल न्यूज

the authoradmin

Leave a Reply