Friday, July 3

विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छः डा. तुलाधर

नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

Advertisement

ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनु भएका नेता तुलाधरले यस्तो बताउनु भएको हो ।

Advertisement
Advertisement

उहाँले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरेपनि सफल हुन नसकेको भन्दै प्राधिकरणलाई गृहमन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको बताउनु भयो ।

Advertisement

विपद्जन्य गतिविधिहरु बढ्ने सयम अव भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरुलाई सुरक्षित गर्नुपर्ने आवश्यक्ता रहेको र अन्य नागरिकलाई पनि पूर्वसूचनाको बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो  ।

प्राधिकरण बन्यो, त्यसपछि त्यसको २ वर्षपछि ऐन बन्यो, २०७४ मा नियमावली बनाउन अर्को दुई वर्ष लाग्यो, तर सिइओ नियुक्ति अर्को डेढ वर्ष लाग्यो, यो भनेको गृहमन्त्रालयको धेरै काम भएकाले हो, यो गृहमन्त्रालयलाई भकारीमा नाम्लो लाइदिए जस्तो भयो ।’