Saturday, July 4

काठमाडौंमा अवैध चन्दा उठाउने दुई जना पक्राउ

नेपालअखबार,काठमाडाैं  । काठमाडौंका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउने सोमबार प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेमा बैतडीका ४२ वर्षीय अमृत कार्की र सल्यानका ३२ वर्षीय डिबी चन्द छन्।

Advertisement

कार्कीले आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने गरेका थिए भने चन्दले आफू अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भएको भन्ने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।