Monday, August 3

अग्नि सापकोटाको नेतृत्वमा माओवादीका २० नेता चीन भ्रमणमा

नेपालअखबार, काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेको छ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्द प्रस्थान गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष  जीपी मैनालीले जानकरी दिए। उनी पनि भ्रमण टोलीका सदस्य हुन्।

Advertisement
Advertisement

भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा सहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरू तथा केन्द्रीय नेताहरू रहेको मैनालीले बताए।

Advertisement

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली पनि चीन गएर फर्किएको थियो।