
नेपालअखबार, काठमाण्डौ । नेपाल दलित मुक्ति संगठन छैटौँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय कार्यालयमा बसेको संगठनको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन ०८० भदौ २३ र २४ गते काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादी का कार्यवाहक अध्यक्ष प्रमेश हमाल को प्रमुख आतिथ्यता तथा पार्टी उपमहासचिव तथा मोर्चा सङ्गठन प्रमुख विजय पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले जेठ १५ देखि भदौ १५ गतेसम्म तीन महिने सङ्गठन सुदृढीकरण तथा परिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेकोछ ।
दलित मुक्ति सङ्गठनका अध्यक्ष गणेश बिकको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रदेशको उपाध्यक्ष तथा इन्चार्जमा मिना परियार, उपमहासचिवमा सचिवमा सुधीरमान बिक, एलवि परियार र रुद्र किसान, सचिवमा नेत्र नेपाली, बृजलाल पासवान, कर्ण विश्वकर्मा, रनसिंह नेपाली, रामकृष्ण बिक, बिनोद नेपाली, सुरज परियार, मनकुमारी सुनार र कोषाध्यक्षमा प्रेम विश्वकर्मालाई जिम्मेवारी प्रदान गरेको सङ्गठनका बसन्त बिकले बताउनुभयो ।

