Saturday, May 2

अध्यक्ष नेपालद्वारा १६औं गणतन्त्र दिवसको शुभकामना

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले १६औं गणतन्त्र दिवसको अवसरमा बधाई एवं शुभकामना व्यक्त गर्नु भएको छ।

लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन समर्पण गर्नु भएका शहिदहरूको स्मरण गर्दै अध्यक्ष नेपालले जेठ १५ लाई ऐतिहासिक दिनका रूपमा चित्रण गर्नु भएको छ।

Advertisement

अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक आन्दोलन सर्वोच्च उपलब्धि हो । समानता, सामाजिक न्याय, आर्थिक सामाजिक विषयमा समान पहुँचजस्ता विषयलाई समान र सहज उपभोग गर्नु पाउने अवस्थामा पुर्याउनु संघीय गणतन्त्रको मुल मर्म हो।’

विज्ञप्ति हेर्नुहोस् 

349333794_1303376510259130_342814379185011727_n1685328807.jpg