खेलकुदप्रदेश ४समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने

गोरखा । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता चैत महिनामा गर्ने निर्णय भएको छ ।

जिल्ला भित्रका अन्तरपालिका माध्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता चैतको २५, २६ र २७ गते सिरानचोक गाउँपालिकामा गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।

नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सो प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाका स्वर्ण र रजत पदक बिजेता विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा भलिबल कबडी, एथलेटिक्स् र मार्सलआर्ट विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

बैठकले फागुन मसान्त भित्र सबै पालिकाले प्रतियोगिता गरी जिल्ला खेलकुद बिकास समितिमा बिजेता खेलाडीको नाम पठाउन आग्रह गरिएको छ । हालसम्म बारपाक सुलिकोट, गण्डकी, सिरानचोक, शहिद लखन गाउँपालिकाले उक्त प्रतियोगिता गरिसकेको छ ।

गोरखा नगरपालिकाले फागुन २१, २२, २३ गर्ने निर्णय गरेका खेलकुद बिकास समितिले जनाएको छ । प्रतियोगिता गर्नका लागि नेपाल सरकारको युवा तथा खेलकुद बिकास मन्त्रालयले हरेक पालिकामा १/१ लाख र जिल्ला खेलकुद बिकास समितिमा ४ लाख बजेट पठाएको छ ।

जिल्ला स्तरिय प्रतियोगिताका लागि आवश्यक रकम अपुग भए पालिकाहरुले उपलब्ध गराउने सहमती समेत भएको बस्नेतले जानकारी दिए ।

the authoradmin

Leave a Reply