राजनीतिसमाचारहाइलाइट-समाचार

महराले पाए अदालतबाट सफाइ, फुलमाला सहित कारागारबाट बिदाइ

काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख महरालाई सफाइ दिएको हो।

जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । महरामाथि संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाागेको थियो।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

the authoradmin

Leave a Reply