Saturday, May 9

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन

नेपालअखबार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा  आगामी आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

Advertisement

जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो ।

यता राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ः११ बजे बस्‍ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको छ ।