Monday, July 6

प्रेस संगठनको नयाँ नेतृत्वलाई अध्यक्ष र सम्मानित नेताद्वारा सम्मान

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रेस संगठन नेपालको नवनिर्वाचित नेतृत्वलाई सम्मान गर्नु भएको छ।

Advertisement

पार्टीको प्रचार विभागले सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा संगठनका नवनिर्वाचित अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो।

Advertisement
Advertisement

अध्यक्ष र सम्मानित नेतासहित पार्टी उपमहासचिव जगन्नाथ खतिवडा, प्रचार विभाग सचिव प्रकाश खतिवडालगायतका नेताहरूले नवनिर्वाचित नेतृत्वको टिमलाई सम्मान तथा बधाई दिनु भएको थियो। यहि जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

Advertisement

353918500_6198512030202887_538622138657272282_n1686624694.jpg