Thursday, July 16

७० वर्षको उमेरहद उपयोगी भएनः ओली

नेपालअखबार, काठमाडाैं।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहद उपयोगी नभएकाले हटाएको बताएका छन्।

Advertisement

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भएपनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेरहद हटाइएको बताएका छन्।

Advertisement
Advertisement

‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो,’ उनले भने, ‘कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एड्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौं।’

Advertisement

यस्तो ७० वर्ष उमेरहदको प्रावधान कहीँ पनि नभएको उनले प्रष्ट्याए।

अमेरिकामा पनि ८० वर्षीय राष्ट्रपति जो बाइडेनले सरकार चलाइरहेको र नेपालमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजनीति गरिरहेको बताएका छन्।

‘यस्तो अमेरिकामा छ, बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ, चीनमा छ, कहीँ छ ? चीनमा थियो, हटिसक्यो। अब सी चिङफिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो। हटाइसके । उहाँले ७० वर्ष पनि पार गरिसक्नुभयो,’ उनले भने, ‘अनि, चीनले पनि यसलाई सच्यायो।’

साइप्रसमा पनि ६५ वर्षको उमेर हद रहेको र त्यो पनि काम नलाग्ने भनेर हटाइसकेको उनले बताए।

‘६५ वर्ष थियो साइप्रसमा। साइप्रसले पनि हटाइसक्यो काम लाग्ने रहेनछ भनेर। सबभन्दा पछि हामीले राखेका हौं ७० वर्ष,’ ओलीले भने, ‘दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने पार्टी दुनियाँमा। चिनिया कम्युनिष्ट पार्टी, साइप्रसको पार्टी र हाम्रो पार्टी। अरूले छाडे, हामीले पनि अन्तिममा छोडनै पर्‍यो।’