अर्थप्रदेश ४समाचार

बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार

शनिबार र आइतबार गोरखा बजारदेखि बारपाकसम्म आयोजना गरिएको मोटरसाइकल ¥यालीमा सन्तोष श्रेष्ठले एक लाख रुपैया उपहार पाएका छन् ।

आइतबार जिल्ला सदरमुकाममा आयोजित ¥यालीको समापन कार्यक्रममा गोलाप्रथाबाट सन्तोष प्रथम घोषित भएका हुन् । उनले नगद एक लाख रुपैया जितेका छन् । त्यस्तै प्रबिन श्रेष्ठ र आशकाजी श्रेष्ठ क्रमश दोश्रो र बिजेता घोषित भए । उनिहरुले नगद ७५ हजार र ५० हजार रुपैया पुरस्कार पाएका छन् ।

त्यस्तै गोला प्रथाबाटै ¥यालीमा सहभागी ५ जनालाई मोबाइल र १० जनालाई हेलमेट उपहार स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ ।

आयोजक गोरखा युथ क्लबका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कार्यक्रम संयोजक रञ्जितकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

एक सय ५० जना बाइक राइडरहरुको टोली फिनाम, ताप्ले, झिंगटे, बगुवा, घ्याम्पेशाल, देउराली, सितागुफा, राङरुङ हुँदै ¥याली शनिबार साँझ बारपाक पुगेको थियो । बारपाक पुगेको टोलीलाई स्थानीयले परम्परागत सांस्कृतिक कार्यक्रम समेत देखाएका थिए ।

उनीहरुलाई होमस्टेमा बास बसेका थिए । उक्त टोली आइतबार बिहान बारपाकबाट गोरखा सरमुकाम फिर्ता भएका हुन् ।

the authoradmin

Leave a Reply