प्रशासनसमाचार

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव नेपाल आउँदै

नेपालअखबार, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव आज नेपाल आउँदै छन् । राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ ।  जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्दामा अग्रणी भूमिका खेलेको भन्दै राष्ट्र सङ्घले उच्च प्रशंसा गर्दै आएको छ।

the authoradmin