अर्थकृषिसमाचार

धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ- कृषिमन्त्री भुसाल

नेपालअखबार, काठमाण्डौ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अधान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उहाँले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको हो । उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताउनु भएको छ ।

हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइको दर बढिरहेको छ  । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ  भुसालले भन्नुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताउनु भएको छ । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गर्नुभयो ।

the authoradmin