प्रशासनसमाचार

सर्वोच्चले सञ्चारसचिव राउतलाई विदेश जानबाट रोक लगायो

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई विदेश जानबाट रोक लगाएको छ । ललिता निवास प्रकरणमा उनलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि विदेश जान भने रोक लगाएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले ललितानिवास प्रकरणमा प्रहरी हिरासतमा रहेका राउतका तर्फबाट उषा राउतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा यस्तो आदेश दिएको हो ।

आदेशमा राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको स्थिति नदेखिएकाले तारेखमै राखेर अनुसन्धान गर्न आदेश दिइएको  उल्लेख छ । यद्यपि राउतलाई अनुसनधान गर्ने निकाय र मुद्दा दायर भएपछि सम्बन्धित अदालतको आदेशमा बाहेक देशबाहिर जान भने प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख गरिएको छ ।

the authoradmin