प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

पोखरीमा डुबेर १३ बाँदरको ज्यान गयो

लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ९ ले निर्माण गरिहेको पोखरीमा डुबेर मंगलबार १३ बाँदरको ज्यान गएको हो ।

आगोलागी लगायतका आपतकालीन समयमा दमकलले पानी तान्न मिल्न गरी खोलडाँडाँमा पक्कि पोखरी निर्माणाधिन रहेको छ । सोही पोखरीमा मंगलबार दिउँसो १३ वटा बाँदर फसेका थिए ।

बाँदर डुबेको थाहा पाएपछि तत्काल स्थानीय पोखरीमा पुगेका थिए । उनिहरुले मरेका बाँदरलाई निकालेका थिए ।

पोखरी चार मिटर लम्बाइ, चार मिटर चौडाइ र दुइ मिटर उचाइको छ तर पोखरीमा तारबार गर्न भने बाँकी रहेको वडा कार्यालयले बताएको छ । मंगलबार पानीमा डुबेर मर्ने बाँदर सबै पोथी रहेको बताइएको छ ।

the authoradmin

Leave a Reply