Monday, April 20

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल थियो, सफल भयो : डा. ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

Advertisement

प्रत्यारोपणमा संलग्न रहेका प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताए।

‘१०ः०५ बजे सुरु गरिएको थियो, २ः४५ मा सकियो’, ज्ञवालीले भने, ‘प्रत्यारोपण सफल भयो।’

उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल खालको भए पनि सफल भएको बताए।

‘मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिसाब लाग्नुपर्ने थियो, उहाँलाई लाग्यो’, प्राडा ज्ञवालीले भने, ‘जटिल खालको थियो तर सफल भयो।’

उनले प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालेको बताए। प्रत्यारोपाण सम्पन्न भए पनि अहिलेसम्म प्रधानमन्त्रीलाई होसमा भने नल्याइएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *