राजनीतिसमाचार

केन्द्रीय समति बैठकको तयारी गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । आगामी भदौ ५, ६ र ७ गतेका लागि काठमाडौँमा बस्ने तय भएको केन्द्रीय समिति बैठकको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु भएको बैठक दिनभर चल्नेछ ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने जानकारी दिए ।उनले भोलि र पर्सी बस्ने पार्टी स्थायी कमिटी बैठक र पार्टी महाविधेशनका विषयमा पनि छलफल हुने बताए । साथै, आगामी भदौ ३ र ४ गते केन्द्रीय पोलिटब्युरो बैठक कार्यालयमा बोलाइएको छ ।

the authoradmin