विदेशसमाचार

ओस्कर विजेता भारतीय वृत्तचित्रका निर्माताविरुद्ध आदिवासी पात्रको मुद्दा

Nepal Akhabar

नेपालअखबार,काठमाडौं । ओस्कर विजेता भारतीय चलचित्रको केन्द्रविन्दुमा रहेका आदिवासी जोडीले निर्माताविरुद्ध कानुनी उपचारको खोजी गरेका छन् ।

वृत्तचित्र विधामा ओस्करमा उत्कृष्ट अवार्ड हात पारेको ‘एलिफेन्ट विस्परर्स’ को केन्द्रविन्दुमा आदिवासी जोडी बोमन र बेली थिए । दक्षिण भारतको तामिलनाडु राज्यस्थित मुदुमुवाली टाइगर रिजर्भमा उनीहरूले हात्तीका घाइते बच्चाको स्याहार गर्थेँ र टुहुरा हात्तीका बच्चा पाल्थे ।

नेटफ्लिक्समा सार्वजनिक यस फिल्मले ओस्करमा अवार्ड जित्ने पहिलो भारतीय वृत्तचित्रको इतिहास रच्यो । ओस्करमा अवार्ड पाएसँगै बोमन र बेलीले पनि निकै ख्याती कमाए । चलचित्रको सफलतासँगै राज्य सरकारले उनीहरुलाई १ लाख भारतीय रुपैयाँ दिएर सम्मान गर्‍यो ।

गत अप्रिलमा उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेका थिए ।

शिक्षा इन्टरटेनमेन्टकी निर्देशक तथा चलचित्र निर्माता तथा निर्देशक कार्तीकि गोसेल्भ्सले उचित रकम नदिएको भन्दै मुद्दा हालेको हो ।

उनीहरुले आदिवासी जोडीलाई बुढेसकालमा खर्चका लागि २ करोड भारतीय रुपैयाँ दिने बताएका थिए । तर त्यस रकम नदिएपछि कानुनी लडाइँ लड्न बाध्य भएको उनीहरुले बताएका छन् ।

चलचित्र निर्माताले भने उक्त आरोपको खण्डन गरेकी छिन् । चलचित्रमा योगदान गर्ने सबैप्रति आफूहरुको बराबर सम्मान रहेको उनको भनाइ छ । ‘बोमन र बेलीका आरोपमा कुनै पनि सत्यता छैन,’ निर्माता गोनसेल्भसले भनेकी छिन् ।

निलगिरी हिमाल वरपरका दृश्यसँगै छायांकन भएको चलचित्रमा बोमन र बेलीले बथानबाट छुटेको हात्ती रघुको ख्याल गरेको सम्पूर्ण दृश्य कैद गरिएको छ । उनी जोडी कातुनायकन समुदायका हुन् । उनीहरु पुस्तौंदेखि जंगलको संरक्षण गर्ने काममा छन् ।

वन्यजन्तु संरक्षणका प्रयासलाई चलचित्रले उजागर गरेको भन्दै यसले निकै प्रशंसा बटुलेको थियो । चलचित्र निर्माताले दृश्य छायांकनका समयमा विभिन्न प्रलोभन  देखाए पनि हाल कुनै पूरा नगरेको आदिवासी जोडीको आरोप छ ।

निर्माताले आफूहरुलाई वृत्तचित्रमा सामेल भएपबापत घरनै बनाइदिने आश्वासन दिएको उनीहरुले बताएका छन् ।

‘गोनसेल्भसले हामीलाई भेटिन् र कामको प्रस्ताव गरिन् । यसमा सामेल भएपबापत घर र गाडी खरिद गर्ने उनले बताएकी थिइन् । उनले जसो भनिन् हामीले त्यसै गर्यौँ । तर उनले हामीलाई ठगिन्,’ बेलीले भनिन् ।

शिक्षा इन्टरटेनमेन्टले व्यावसायिक रुपमा ठूलो आर्जन गरे पनि आफूहरुलाई उचित क्षतिपूर्ती नदिएको भन्दै उचित क्षतिपूर्तीको माग मुद्दामा गरिएको छ ।

the authoradmin