Friday, July 17

विराटनगरमा भदौ २५ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

नेपालअखबार, विराटनगर । चार पार्टी सम्मिलित समाजवादी मोर्चाले भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ । विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा आइतबार बसेको संयुक्त बैठकले विराटनगरको बरगाछीस्थित होटल मनास्लुमा कार्यक्रम गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

Advertisement

जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती, केन्द्रीय सदस्य सुशिला घिमिरे (सामना), नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, मोरङ अध्यक्ष चन्द्रवीर राई, प्रदेश समिति सदस्य वीरेन्द्र यादव, जसपाको प्रदेश अध्यक्ष याक्खा, नेता जयराम यादव, नेकपा विप्लवका पोलिटब्यूरो सदस्य तथा कोशी ब्युरो इन्चार्ज दिपेश सी, केन्द्रीय सदस्य पुष्प सी, संगीत सी लगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement

बैठकले कार्यक्रममा सहभागिता, हल तथा मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन तथा स्वयंसेवक परिचालनको विषयमा पनि निर्णय गरेको छ ।कार्यक्रममा ३ हजार बढी मानिसको सहभागिता गराउने, जसपाका नेता राजकुमार यादवको नेतृत्वमा मञ्च व्यवस्थापन गरिने, जसपाकै प्रदेश अध्यक्ष याक्खाको नेतृत्वमा आर्थिक समिति निर्माण गर्नुको साथै कार्यक्रमलाई व्यवस्थित गर्न युवा तथा विद्यार्थी मोर्चा सम्मिलित समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

Advertisement