समाचारसमाजस्वास्थ्यहाइलाइट-समाचार

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

Nepal Akhabar

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेका तयारी र योजनाबारे जानकारी गराएका हुन।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रादेशिक अस्पतालहरुमा समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको स्थापना, सबै अस्पतालमा शंकास्पद बिरामी जाँच गर्न छुट्टै कक्षको व्यवस्था, हब तथा सेटलाइट अस्पतालहरुमा पनि आइसोलेसन वार्डको व्यवस्था, आवश्यकता अनुसार खरिपाटी र नगरकोट क्वारेन्टाइनलाई निरन्तरता दिने, दैनिक जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गर्नेलगायत व्यवस्था गरिएको जानकारी देवकोटाले गराए।

the authoradmin

Leave a Reply