समाचार

तुलाधरको निधनप्रति अध्यक्ष नेपालद्वारा दुख व्यक्त

नेपालअखबार, काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज तथा पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव  डा. गंगालाल तुलाधरका पिता राम बहादुर तुलाधरको निधन प्रति दुख व्यक्त गर्नुभएको छ ।

पार्टीको तर्फबाट शोक वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नेपालले भन्नुभएको छ  २०८० भदौ ३१ गते राति  ९.०४ बजे  ९७ वर्षको उमेरमा निधन भएको खवरले हाम्रो पार्टी स्तब्ध भएको छ । राजनीति र समाजसेवामा लाग्न परिवारका सदस्यहरूलाई अभिप्रेरित र सहयोग गर्ने उहाँप्रति हामी  उच्च सम्मान व्यक्त गर्दछौँ ।

शोकको यस घडीमा दिवंगत राम बहादुर तुलाधर प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका छोराहरु कमरेड डा.गंगालाल तुलाधर, रामलाल तुलाधर र छोरी कमला तुलाधर  सहित शोकाकुल सम्पूर्ण परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।


 


 

the authoradmin