Monday, May 11

प्रवासी नेपाली एकता मञ्च कुवेतकाे अध्यक्षमा गैरे

नेपालअखबार, कुबेत। ‘राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवासी नेपालीको प्रतिवद्धता’ भन्ने मूलनाराका साथ नेकपा एकीकृत समाजवादीको भ्रातृसंगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

जिलिबको रिदामहलमा भएको अधिवेशनले पुनः युवराज गैरेको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको छ। समितिमा प्रथम उपाध्यक्ष देवशमशेर घिसिङ, उपाध्यक्ष टीका पौडेल, बिना सापकोटा, धनेश्वर यादव, अशोक शाह चयन भएका छन्। यस्तै, महासचिवमा ईन्द्रदेव शर्मा, उपमहासचिवमा उमलाल भण्डारी, सचिवमा वसन्त पोखरेल, रेनुका पुरी, उपसचिव नसिब राउत कवारी, पूर्ण लम्साल चयन भएका छन्।

Advertisement

समितिको कोषाध्यक्षमा तनवीर आलम मिकरानी, सदस्यहरुमा एमडि अब्जल, खिम विक, मोहम्मद अख्तर, प्रदीप परियार, नागेन्द्र महतो, कमला थामी, लक्ष्मी तामाङ,धन बिसी, शिव भण्डारी, महेश भुसाल, चन्दन दास, नारायण बन्जाडे, अरुण चौधरी, सुशील चौधरी, भीमबहादुर खत्री, राजकुमार परियार, केशव बहादुर सारु निर्वाचित भएका छन्। अधिवेशन पार्टी केन्द्रीय परिषद सदस्य मधुकर रिजालले उद्घाटन गरेका थिए।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य मोहमद मुक्तदा तथा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रणध्वज लामा विशिष्ट अतिथि थिए। उपाध्यक्ष मनवीर लामा र टीका पौडेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा मनवीर लामाले स्वागत गरेका थिए। उनीहरुले प्रवाससँग सम्बन्धित राजनीतिक गतिविवि र नेकपा एकीकृत समाजवादी पार्टीको राजनीतिक लक्ष र उद्देश्यबारे बोलेका थिए।