अपराधसमाचार

काठमाडौंमा ५ किलो चरेशसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं। काठमाडौंमा पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन्।

उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो।  उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।

the authoradmin