राजनीतिविचारसमाचारहाइलाइट-समाचार

समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान अध्यक्ष नेपाल

नेपालअखबार, झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची–महाकाली समाजवादी जागरण अभियान जनतासँग आफ्नो पार्टीसँग जोड्ने अभियान समेत भएको बताउनु भएको छ ।
झापाको काँकडभिट्टामा एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताउनु भयो । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताउनु भयो ।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्ने बताउनु भयो ।
सभालाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक व्यवस्था बदलियो तर, जनताको अवस्था उस्तै रहेको टिप्पणी गर्नु भयो ।
संविधानले जनतालाई हक दिए पनि अझै खाने र बस्ने हक नपाएको बताउनु भयो ।, ‘हिजो सामन्ती वर्गले शोषण गर्थे भने अहिले पूँजीपति वर्गले शोषण गरिरहेका छन्। अहिले पनि गाँस, बास र कपासको हक पाउनबाट नेपाली जनता वञ्चित छन्।’नेता खनालले बताउनु भयो ।
पार्टीका महासचिव घनश्याम भुसालले गणतन्त्रले बाटोमा अल्मलिएको भन्दै उहाँले राजनीतिक विग्रीएको टीप्णी गर्नुभयो ।
कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ हाम्रो अभियान सुरु गरिएको उहाँको भनाई थियो ।
उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी मात्र गर्न सके पनि परिवर्तनको अनुभूति गर्न सकिने बताउनु भयो । उत्पादक पुँजी तथा रोजगारीको विकास नगरी हाम्रो जस्ता कुनै पनि मुलुकले गरिबी उन्मूलन गर्न र समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरा इतिहास सिद्ध तथ्य हो । यसै तथ्यलाई आत्मसात गरेर आगामी १० वर्षमा श्रम गर्नसक्ने सबै नेपालीलाई कसरी रोजगारी दिन सकिन्छ र समृद्धि र समाजवादको पहिलो आधार तयार गर्न सकिन्छ भन्नेबारेमा हाम्रा सोचहरू राष्ट्रलाई सुनाउने छौँ  महासचिव भुसालले भन्नुभयो ।
झापाका काँकडभिट्टा ,बिर्तामोड ,दमक सहित मोरङका पथरी र बिराटचोक सहित ५ सथानमा आमसभा भएका थिए ।
सभामा उपाध्यक्षहरू जयन्ती राई,प्रमेश हमाल,राजेन्द्रप्रसाद पाण्डे ,उपमहासचिवहरू डा विजय पौडेल रजगन्नाथ खतिवडाले बोल्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठ र सञ्चालन झापा इन्चार्ज पुष्प पोखरेलले गर्नुभएको थियो ।
मुलुक रूपान्तरणका एजेन्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन एकीकृत समाजवादीले मेचीदेखि महाकालीसम्म रोजगारी, समृद्धि र सुशासनको नाराका साथ समाजवादी जागरण अभियान सुरु भएको हो ।
अभियान २८ असोजमा समापन गरिनेछ ।

the authoradmin