नेपालअखबार। नेकपा (एकीकृत समाजवादी) ले सुरू गरेको समाजवादी जागरण अभियान २०८० को आठौं दिन लुम्बिनी प्रदेशको रूपन्देहीका विभिन्न स्थानमा सभाहरूको आयोजना गरिएको छ।
अभियानको आठौं दिन आइतबार रूपन्देहीको भैरहवामा बिहान पत्रकारसँग भेटघाट, ९ बजे सिद्धार्थनगर उद्योग वाणिज्य संघका उद्योगीहरूसँग भेटघाट, छलफल र अन्तरक्रियासँगै, मणिग्रामम, बुटवल ट्राफिक चौकलगायतका स्थानहरूमा आमसभाहरू सम्पन्न भएका छन्।