Sunday, May 31

इजरायल हमास संघर्षबारे छलफल गर्न इस्लामिक देशको बैठक बस्ने

नेपालअखबार, काठमाडौं । इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ ।

साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो ।

Advertisement

एक हप्ताअघि गाजाको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ युद्धको स्थिति छ ।

इजरायलले गाजाको आधा भूभाग खाली गर्न स्थानीयबासिन्दालाई निर्देशन दिएको छ ।

५७ वटा इस्लामिक देश सदस्य रहेको ओआईसीको बैठकमा मध्यपूर्वको स्थिरिता र सुरक्षाका बारेमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बैठकमा ५७ वटै सदस्य देशका विदेशमन्त्री सहभागी हुने तयारी छ ।