Thursday, July 30

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

नेपालअखबार, एथेन्स । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् ।

Advertisement

एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ । पाँच मालवाहक जहाज, तीन तट रक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् । सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो । तट रक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ ।

Advertisement
Advertisement

उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो । चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ ।

Advertisement

शनिबार ग्रिसका कयौँ भागमा जहाज बन्दरगाहमा थिए र हावाको गति नौदेखि १० थियो जुन ब्युफोर्ट स्केलमा आँधीबेहरी शक्तिका लागि ठूलो आँधी हो । आँधी ओलिभर (यसलाई बेटिना पनि भनिन्छ) एड्रियाटिक सागरबाट ग्रिसतर्फ बढेका कारण हेलेनिक राष्ट्रिय मौसम विज्ञान सेवा (इएमवाई) ले आपत्कालीन मौसम चेतावनीलाई शनिबार ‘खराब मौसम’ बाट ‘खतरनाक मौसम घटना’ मा अपग्रेड गरेको थियो ।-(रासस/एएफपी)