Wednesday, July 29

राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दलले पाए चुनाव चिन्ह

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

Advertisement

आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

Advertisement
Advertisement

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको आयोगले जनाएको छ।

Advertisement

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।