Sunday, May 10

अनेरास्ववियू, अनेमसंघ र इत्तेहादद्वारा गाजामा तत्काल युद्ध विराम गर्न माग

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, अनेमसंघ (समाजवादी) सुस्लिम इत्तेहाद संगठन नेपाललगायतका जनवर्गीय संगठनहरूले गाजामा तत्काल युद्ध विरामको माग गरेका छन्।

पार्टीको सातौं केन्द्रीय कमिटी वैठकस्थल ललितपुरको बालकुमारी स्थित कान्तिपुर गार्डेनमा पुगेर संगठनका नेताहरूले पार्टीको केन्द्रीय कमिटीको वैठकबाटै इजरेल र हमासबीच जारी युद्ध अन्त्यको माग गर्न अपिल गरेका हुन्।

Advertisement

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले अनेरास्ववियू, अनेमसंघ (समाजवादी) सुस्लिम इत्तेहाद संगठन नेपाललगायतका जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सात बुँदे प्रस्ताव बुझाएको जानकारी दिनुभएको छ।

‘संस्थागत मौनताले अतिवादलाई प्रश्रय दिनेछःअन्तर्राष्ट्रिय ऐक्यवद्धता कुनै परोपकार होइन, यो अझँ उच्च स्तरमा मानवतावादलाई विकास गर्नु हो’ भन्ने मुल सन्देशका साथ तीनवना संगठनहरूले सात बुँदे प्रस्ताव अघि सारेका छन्।

तथापी केन्द्रीय कमिटीको सातौं वैठकले इजरेलद्वारा प्यालेस्टाइनी क्षेत्रमा जारी आक्रमणको निन्दा गरिसकेको छ। साथै वैठकले तत्काल युद्ध विराम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न अनुरोध गरेको छ।

हेर्नुहोस् अध्यक्ष नेपाललाई बुझाएका प्रस्तावहरू 

arati-lama-hamas-yudda-biram-1703869585.jpeg

arati-lama-hamas-yudda-biram-6-1703869505.JPG

arati-lama-hamas-yudda-biram-5-1703869504.JPG

arati-lama-hamas-yudda-biram-3-1703869502.JPG

arati-lama-hamas-yudda-biram-4-1703869502.JPG

arati-lama-hamas-yudda-biram-1-1703869499.JPG

arati-lama-hamas-yudda-biram-2-1703869499.JPG