नेपालअखबार, काठमाडौं । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) सत्तामा फर्किएको छ ।
मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका प्रधानमन्त्री बनेका थिए ।