नेपालअखबार, पाेखरा। पाेखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई नियन्त्रणमा वडा प्रहरी कार्यालय बगरले लिएकाे छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०१ जौवारी स्थितबाट अवैध रुपमा नदिजन्य
पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र लु २ ख ८१६ नम्बरको टिप्परलाई प्रहरी टोलीले फेलापारी चेकजाँच गर्दा प्रयोजन नखुलेकाे वडा प्रहरी कार्यालय बगरले जनाएकाे छ ।
टिप्परसंग कागजात साथमा नभएकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको जान्कारी दिएकाे छ ।
Nepal Akhabar > Blog > अपराध > अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई प्रहरी नियन्त्रणमा
अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई प्रहरी नियन्त्रणमा
admin२०८० माघ १५, सोमबार २०:४४ गते
posted on
Leave a reply