प्रशासनसमाचार

पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले प्रकाउ

नेपालअखबार, पाेखरा। पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर दिपका प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत हिन्दी भाषामा कुराकानी र एसएमएसबाट धम्काएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत कुश्माका ३६ बर्षीय लक्ष्मण दर्जी र ४२ बर्षीय दिपक बहादुर क्षेत्री रहेको कास्कीका प्रहरी प्रमुख एसपि महोन थापाले जानकारी दिए । उनीहरुलाइ बिहीबार सार्वजनीक गर्दै पोखरा ८ सिमलचौरमा बस्दै आएको जानकारी दिए । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् ।

गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेको र सोही गतिविधि हेरेर मुख्य आरोपी लक्ष्मण दर्जीले योजना बनाएका थिए । उनीहरुले ८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायी लगायत ठूला मान्छेको नाम लेखिएका छन् । युट्युबबाट गैरेबारे जानकारी लिइसकेपछि माघ १३ गते सच्चाई केन्द्र गएका थिए ।

टेलिफोन नम्बर लिएर आए पछि गैरेलाई माघ १८ गते हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा उनीहरुले आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न र उक्त पैसा दिने ठाउँ र समय आफूहरुले तोक्ने उल्लेख गरेका थिए । उनीहरु माघ २० र २३ गते फेरी दिप गएका थिए । उनीहरु २४ गते पक्राउ परे ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी ३ वटा मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले बताए । उनीहरुको साथबाट खुकुरी १ थान, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो ठुलो मुगा १४ थान, किताब ३ थान, नोट बुक १ थान, मोवाईल सेट ४ थान भारतिय १ सहित ९ थान सिम लगाएत सामग्री भेटिएको एसपी थापाले बताए ।

दर्जी ४ वर्ष कतार बसेर नेपाल आएका थिए । नेपाल आउनेबित्तिकै क्षेत्रीसँग मिलेर पोखरा महानगरपालिका– ८ जाल्पारोडमा कोठा भाडामा लिएर योजनाबद्ध रुपमा लागेको देखिएको एसपी थापाले बताए ।

 

the authoradmin