Monday, July 6

रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नेपालअखबार, राेल्पा। रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।

Advertisement

पक्राउ पर्नेमा माडी गाउँपालिका – १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा छन्।

Advertisement
Advertisement

उनले आफ्नी श्रीमती २८ वर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

Advertisement

मदिरा सेवन गरी शुक्रबार दिउँसो ३  बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए

चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए।

भीमबहादुरलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । बुढा दम्पत्तिका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।