Monday, July 6

काम गर्दागर्दै पर्खाल ढलेर च्यापिएका एकजनाको मृत्यु

नेपालअखबार,मकवानपुर । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ।

Advertisement

हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको शुक्रबार मृत्यु भएको हो।

Advertisement
Advertisement

काम गर्दैगर्दा इँटाको पर्खाल ढलेर पर्खालले च्यापिएका  महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

Advertisement

खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भीर घाइते भएका थिए। महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताइन्।