अर्थविदेशसमाचार

भारतमा न्यूनतम तलबको सट्टामा अब जीवन निर्वाह तलब

Nepal Akhabar

नेपालअखबार, नयाँ दिल्ली । भारतले न्यूनतम तलबको व्यवस्था हटाउने भएको छ । सन् २०२५ देखि भारतले यसको सट्टामा जीवन निर्वाह तलब शब्दको प्रयोग गर्ने भएको छ । यसका लागि भारत सरकारले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)सँग प्राविधिक सहायता खोजिरहेको छ ।

जीवन निर्वाह तलब भनेको कुनै पनि कामदारलाई उसको आधारभूत आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम तलब नै हो । तर यसको निर्धारण घर भाडा, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडा आदि पक्षहरूमा कामदारले  गर्नु पर्ने खर्चबारे विचार गरेर जीवन निर्वाह गर्न पुग्ने गरी तलब निर्धारण गर्ने प्रयास गरिनेछ ।

आईएलओले यो महिनाको सुरुमा जीवन निर्वाह तलबलाई अनुमोदन गरेको थियो । एक वर्षमा आफूहरू न्यूनतम तलबलाई छाडेर जीवन निर्वाह तलबलाई चलाउने भारत सरकारका एक वरिष्ठ अधिकारीले बताएको भन्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा समाचार छापिएको छ ।

the authoradmin