
नेपालअखबार, मकवानपुर। नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को मकवानपुर जिल्ला कमिटी गठन भएको छ । उक्त कार्यक्रममा एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विशेष अतिथिमा एशोसियसनका कोषाध्यक्ष सुरेश राज शर्मा, मकवानपुर जिल्ला कमिटी पार्टी पोलिटव्युरो सदस्य तथा कानुन फाँट इन्चार्ज घन प्रसाद गौतम ,पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल , लगायतको उपस्थित थीयो । भने मकवानपुर जिल्ला कमिटी रामकृष्ण भट्टकाे अध्यक्षतामा ५१ सदस्यतामा गठन भएको छ ।
उक्त कार्यक्रममा नेकपा एकीकृत कार्यक्रममा अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किएका हुन्छन् रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन । एशोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने छ ।कृषि उत्पादननै राष्ट्रको प्रमुख मेरुदण्डको कृषकको क्रयशक्ति बढाउन सकिन्छ । यो सन्दर्भमा एशोसिएनको पूर्ण ध्यान केन्द्रित भएको छ । पौडेलले राष्ट्रले आवश्यकता हेरेर प्राथमिकताको आधारमा लगानी गर्नु पर्दछ आज पनि काठमाडौं आउने बाटो ५ वटा हुँदाहुँदै सबै बाटो खराब भएकोले सानो गाडीमा हेटौडा आउन सक्ने अवस्था छैन त्यसैले राज्यको ढुकुटी खर्च गर्दा प्राथमिकताको आधारमा गर्नु पर्दछ अहीले पनि भ्यू टावर निर्माण हुने रकम काठमाडौं हेटौडा आवतजावत हुने एउटा सडक मात्र बनेको भए जनताले सास्ती भोग्नु पर्ने थिएन त्यसैले यस्तो अनुत्पादक खर्च राज्यले गर्नुहुँदैन गरेमा हाम्रो एशसिएसनले आवाज बुलन्द गर्ने बताएका छन् । राष्ट्रले विमानस्थलमा जाँदा अनेक बहानामा दुख्ख दिनुहुँदैन ,फर्कदा विमानस्थलमा समान चोरिनु हुँदैन फर्कदा दुख्ख दिने होइन रातो कार्पेट बिछ्याएर स्वागत गर्नु पर्छ भन्ने बताएका छन भने । पार्टी पोलीट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज मुनू सिग्देलले रिटर्नी एशोसिएनले उठाएको तीन वटा मुद्दा वस्तुपरक छ त्यो मुद्दा स्थापित गर्न रिटर्नी एशोसिएसनको संगठन तिब्ररुपमा विस्तार भएकोमा धन्यवाद दिँदै थप जिल्लाहरु विस्तार र सबै सदस्यहरू जागरुक भै अगाडि बढ्नु पर्ने भन्दै सुभकामना दिएका छन् । त्यसै गरी जिल्ला अध्यक्ष विष्णु दाहालले कार्यक्रमको अध्यक्षता गरेका थिए भने एशोसियसनका संयोजक दुर्गा दाहालले स्वागत भाषण गरेका थिए।

