प्रशासनराजनीतिसमाचार

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालअखबार, काठमाडौँ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

वैशाख १५ गते (शनिबार) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनले आफूहरू निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताए । उनले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरू पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए । उनले बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने बताए । उनले मतदाताहरू मतदान गर्नका लागि उत्सुक भई मतदान स्थलहरूमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए ।

इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरूलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको उनले बताए । उनले मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताए ।

उनले भने, ‘ हामी निर्वाचनको अन्तिम चरणमा छौँ । मतदानको पर्खाइमा छौँ । हाम्रा मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै आफ्नो आफ्नो स्थानमा खटिसक्नुभएको छ । मतदान केन्द्रहरू पनि निर्माण भइसकेको छ । लगायत मतदानका लागि आवश्यक सामग्री पुगिसकेको छ । भोलिका लागि निर्धारित समय भनेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ । मतदाताहरू पनि इच्छुक भएर मतदान केन्द्रमा आउने, हाम्रा गतिविधिहरू निरीक्षण गर्नुभएको छ ।’

यता इलामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडाहरू मतदान हुने र ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरूमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका गरिएको बताए । उनले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताए । उनले सामान्य मतदान स्थलमा न्यूनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने बताए । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिएको बताए ।

उनले भने, ‘हामीले ४२ वटा वडाहरू जुन ६ वटा स्थानीय तहअन्तर्गत पर्दछन्, यसको ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरूमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका छौँ । जसमा सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरेका छौँ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदैछ । जहाँ ७४५ जना कर्मचारी खटिइसकेका छन् । पुरुष तथा महिलाका लागि अलग÷अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ । उनका अनुसार मतदान केन्द्रहरूको नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

यस्तै बझाङ प्रदेशसभा १ मा पनि शनिबार उपनिर्वाचन हुँदैछ ।

 

the authoradmin