प्रशासनसमाचार

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

नेपालअखबार,काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युत वितरण शुक्रबारसम्म अवरूद्ध हुने जनाएको छ। उक्त वितरण केन्द्रहरूमा विद्युतीय वितरण लाइनहरू भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि नै विद्युत् लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

आइतबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो। सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मंगलबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र तथा शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

the authoradmin