Tuesday, July 28

ट्रम्पले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने

नेपालअखबार,न्युयोर्क । ‘हश मनी’ मुद्दामा दोषी ठहर भएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् । आफ्नो ४० मिनेटको भाषणमा ट्रम्पले यो निर्णयविरुद्ध अपिल गर्ने तयारी गरिरहेको पुष्टि गरेका थिए ।

Advertisement

उनले भने, ‘हामी यस निर्णयको विरुद्धमा पुनरावेदन गर्न जाँदैछौं। हामी यसको विरुद्ध धेरै तहमा पुनरावेदन गर्नेछौं।’

Advertisement
Advertisement

न्यायमूर्ति जुआन मार्चेनको मनोवृत्तिमाथि प्रश्न गर्दै उनले भने, ‘हामीलाई साक्षीहरू पेश गर्न दिइएन, हामीलाई बोल्न दिइएन, हामीलाई केही गर्न दिइएन। न्यायाधीशले हामीलाई यातना दिए।’

Advertisement

ट्रम्पले यो निर्णयले आफ्नो लोकप्रियता बढेको र यो निर्णयपछि अभियान कोषमा करोडौँ डलर जुटाएको बताए । ट्रम्पले ‘कीर्तिमानी अवधि’ मा ३९ मिलियन डलर उठाएको बताएका छन्।

शुक्रबारको ऐतिहासिक निर्णयमा न्यूयोर्कको एक अदालतले डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा दोषी ठहर गरेको थियो। कुनै पूर्व वा वर्तमान अमेरिकी राष्ट्रपतिलाई फौजदारी अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो। उनी प्रमुख दलबाट राष्ट्रपतिको उम्मेदवार पनि हुन् ।