Saturday, May 23

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न १०औैं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।

आज  दिनकाे १२: ३० बजे  नयाँ बानेश्वरस्थिति अर्पण बैङ्केटमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो। पार्टी प्रचार विभाग सचिव प्रकाश  खतिवडाकाअनुसार पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा उक्त पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो।

Advertisement

उक्त पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूको उपस्थिति रहनेछ।

पार्टीको आसन्न महाधिवेशनबारे जानकारी दिनका निम्ति आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा उपस्थित भएर सूचना संकलन तथा सम्प्रेषणका निम्ति मिडियाकर्मीलाई पार्टी प्रचार विभागले अनुरोध गरेको छ।